बैतडीमा बञ्चरो प्रहार गरी छोराले गरे बुबाको हत्या

बैतडी- डिलाशैनी गाउँपालिका ५ शेरामा धारिलो हतियार प्रहार गरी छोराले बुबाको हत्या गरेका छन्। शुक्रबार बिहान २२ वर्षीय लोकराज जोशीले बञ्चरो प्रहार गरी बुबा ६८ वर्षीय अन्तराम जोशीको हत्या गरेका हुन्।

बिहान ६ बजेतिर घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेका डिलाशैनी गाउँपालिका ५ का वडाअध्यक्ष यज्ञराज भट्ट यदुले जानकारी दिए।

Navadurga sun

‘डिप्रेसनमा रहेका लोकराजले बुबालाई बञ्चरो प्रहार गरेका हुन्’, उनले भने, ‘टाउकोमै चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको हो।’

लोकराजलाई नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घटनाको थप अनुसन्धानका इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...