धनगढीमा मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु

धनगढी– धनगढीमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से ६ प ८०२८ नम्बरको मोटरसाइकले बिहीबार गाईलाई ठक्कर दिएको थियो।

सोही क्रममा मोटरसाइकल पछाडी सवार धनगढी–३ का ५५ वर्षीय निर्मल हमालको मृत्यु भएको हो। यस्तै मोटरसाइकल चालक ४४ वर्षीय वीरेन्द्र शर्मा गम्भीर घाइते भएका छन्।

Navadurga sun

हमालको मायामेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। चालक सोही अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...