रवि लामिछानेसँग चुनाव लड्ने पत्रकार भण्डारीको घोषणा

धनगढी– पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् ।भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् ।

Dadeldhura hospital

‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो ! नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ,’ भण्डारीले लेखेका छन् । उनले निर्मला हत्या प्रकरणमा लामिछानेले गलत भूमिका खेलेको आरोप लगाउँदै त्यसलाई नै चुनावी एजेन्डा बनाउने समेत बताएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

विगतमा समेत निर्मलाको हत्यामा ‘भीआईपी’को हात रहेको दाबी गर्दै आएका भण्डारीले रवि लामिछानेले भीआईपीलाई बचाउन खोजेको आरोप पनि लगाएका छन् ।

 

Loading...