

अत्तरिया,११ साउन- कैलालीकाे अत्तरियामा रहेकाे गाेदावरी पत्रकार मञ्चले आफ्नो बार्षिक उत्सव मनाएकाे छ ।






मञ्चले बार्षिक उत्सव अवसरमा अत्तरियामा रहेकाे पद्मा अस्पतालमा रहेका बिरामिहरूलाई फ्रुटी र फलफुल बितरण गरेकाे हाे । उक्त फ्रुटी र फलफुल नेकपाका युवा नेता रूपेश बिकले सहयाेग गरेका थिए ।

मञ्चले केक काटेर आफ्नो प्रथम बार्षिक उत्सव मनाएकाे छ ।
उक्त कार्यक्रममा गाेदावरी एफ एमका प्रवन्ध निर्देशक गाेविन्द राेश्यारा र युवा नेता लाेकराज पाण्डेय आगाेकाे पनि उपस्थिती रहेकाे थियाे ।

