बलात्कार आरोपी वडाअध्यक्ष कारागार चलान

बैतडी– बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडाअध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

२८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा वडाअध्यक्ष नेगीसंगै सोही ठाउँका केशवसिंह नेगीलाई असार १४ गते पक्राउ गरिएको थियो।

Navadurga sun

वडाअध्यक्ष नेगीसंगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। पीडित महिलाले दिएको उजुरीको आधारमा उनीहरु दुवैजनालाई पक्राउ गरेको हो।

उनीहरुविरुद्ध जवरजस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरि अदालतमा पेश गरेको थियो। पीडित महिला परिवारकै संरक्षण रहेकी छन्। नेगी वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका वडा नं। १ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...