आरजुको दिल्लीमा शल्यक्रिया

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको शल्यक्रिया गरिएको छ। भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा हालै आरजुको शल्यक्रिया गरिएको हो।

आरजुको पाठेघरसम्बन्धी शल्यक्रिया गरिएको उनका एक चिकित्सकले बताए। आरजुले पनि फेसबुकमार्फत आफ्नो शल्यक्रिया गरिएको जानकारी दिएकी छन्। उनले आफ्नो सफल शल्यक्रिया र उपचारका लागि प्रा.डा. हरित चतुर्वेदी र डाक्टर कन्किता बत्रा मोदीलाई धन्यबाद दिएकी छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस केन्द्रीय सदस्य आरजुबीच दिल्लीस्थित नेपाली दूतावासमा भेट पनि भएको थियो।

यो भेटबारे प्रचण्डले स्वदेश फर्केपछि आरजु उपचारका क्रममा रहेको र दूतावासमा आफ्नो भेट भएको बताएका थिए। आरजुलाई आफूले भेटका क्रममा स्वास्थ्यलाभ कामना गरेको प्रचण्डको भनाइ थियो।

प्रचण्ड र आरजुबीच दिल्लीमा भेटवार्ता भएका तस्बिर सार्वजनिक भएपछि नेपालको भावी राजनीतिबारे विभिन्न कोणबाट छलफल भएको दाबीसमेत भएको थियो। तर प्रचण्डले भने यो कुरा अस्वीकार गरेका थिए।

Loading...