सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु, ३४३ जनामा संक्रमण

Dadeldhura hospital

धनगढी, २० वैशाख– सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर, बझाङ र दार्चुलाका गरी कुल १४ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

निर्देशनालयकाअनुसार धनगढीको कोभिड अस्थायी अस्पताल र प्राइभेट अस्पतालमा उपचाररत ६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ५ जना, बझाङका २ जना र दार्चुलाका एक जनाको मृत्यु भएको हो । त्यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा थप ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार दुई सय १३ जनाको नमुना परीक्षण गर्दा ३४३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

Loading...