सुदूरपश्चिम र गण्डकीका प्रदेश प्रमुख पदमुक्त

सुदूरपश्चिम र गण्डकीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं, २० वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्। उनले सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन्। साथै उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पनि पदमुक्त गरेकी छन्।

सुदूरपश्चिम र गण्डकीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ:
राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।

 

Navadurga sun

 

ADD Khali jpg
ADD Khali jpg
Loading...