


धनगढी– कैलालीको अत्तरियाका व्यवसायी सुभाष गौतमको मृत्यु भएको छ । लामो समय देखि गोदावरी नगरपालिका–१ अत्तरियामा सोल्टी फोटो स्टुडियो सञ्चालन गर्दै आईरहेका ४२ वर्षीय गौतमको मृत्यु भएको हो ।


शनिवार विषादी सेवन गरेका गौतमको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गौतम नेपाल फोटोग्राफर एशोसियसन कैलालीका सल्लाहकार समेत रहेका थिए ।



