प्रेस युनियनको महाधिवेशनः संस्थापन इतर पक्षको अग्रता कायमै

काठमाडाैं– नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनमा संस्थापनइतर पक्षको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार संस्थापनइतर पक्षबाट अध्यक्षका उम्मेदवार शिव लम्सालले शुरूदेखि नै लिएको अग्रता कायम राखेका हुन् ।

Dadeldhura hospital

पछिल्लो मत परिणामअनुसार कूल ६०२ मत गन्दा लम्सालले ३१६ मत पाएका छन् । संस्थापन पक्षको समर्थन पाएकी अनिता विन्दुले २७१ मत पाएकी छन् । अर्का अध्यक्षका उम्मेदवार भुवन भट्टले ८ मत पाएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले २९५, सरोज अधिकारीले २७८ मत पाएका छन् । खुला उपाध्यक्षमा नकुल अर्यालले अग्रता कायम गरेका छन् । उनले ३३२, भीष्मराज ओझाले २८०, राममणी दाहालले २५० र शेखर रेग्मीले १८१ मत पाएका छन् ।

महासचिवमा जगन्नाथ दुलालले १८३ मत पाएका छन् । अर्का महासचिवका उम्मेदवार दीलिप पौडेलले ४०१ मत पाएका छन् । महाधिवेशनमा नेतृत्व चयनका लागि शनिवार मतदान भएको थियो ।

 

Loading...