कोरोना संक्रमणबाट धनगढीमा आज बिहान ४ जनाको मृत्यु


धनगढी, २० बैशाख– कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. १ का ३८ वर्षीय पुरुष र वडा नं. १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । ३८ वर्षीय पुरुषको सोमबार विहान साढे १ बजेको समयमा मृत्यु भएको हो भने महिलाको विहान साढे ४ बजेको समयमा मृत्यु भएको हो ।



कोरोना पुष्टि भएका उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।


त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नं. २ का ४३ वर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ५ बजेको समयमा मृत्यु भएको हो । त्यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको जोशीले बताए ।



