लायन्स क्लब अफ धनगढी भिजनद्वारा वृक्षारोपण

धनगढी– लायन्स क्लब अफ धनगढी भिजनले धनगढी उप–महानगरपालिकाको वडा नं २ सरस्वतीनगरमा वृक्षारोपण गरेको छ । धनगढी भिजनले सिटी क्लब अफ धनगढीको खेलकुद परिसर भित्र वृक्षारोपण गरेको क्लबका अध्यक्ष सुरेश अवस्थीले जानकारी दिए । उनले खेलकुद परिसरमा लिप्टिस, फुल लगायत विभिन्न जातका बोट विरुवाहरुको वृक्षारोपण गरिएको बताए ।

लायन्स क्लब अफ धनगढी भिजनका अध्यक्ष सुरेश अवस्थीको सभापतित्वमा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि वडा नं २ का अध्यक्ष धर्म राज ओझा, विशिष्ट अतिथिहरुमा लायन्स क्लबका डिष्ट्रिक चिफ एम.जि.फ.राजेश भाट, सशस्त्र प्रहरी विओपी नल्का घाटका सई किशन सिंह टेर, अतिथिहरुमा गेटा आँखा अस्पतालका नेत्र अधिकृत देब राज पनेरु, सिटी क्लब अफ धनगढीका प्रतिनिधि प्रकाश विष्ट रहेका थिए ।

Navadurga sun

लायन्स क्लब अफ धनगढी भिजनका सचिव खेम राज उपाध्यायले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष धर्म राज ओझा, विशिष्ट अतिथि लायन्स क्लबका डिष्ट्रिक चिफ एम।जि।फ।राजेश भाट, सशस्त्र प्रहरी विओपी नल्का घाटका सई किशन सिंह टेर मन्तव्य व्यक्त गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...