आज पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। वैचारिक नेता पुष्पलालको नेतृत्वमा २००६ साल वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। नेपालको इतिहासलाई ऐतिहासिक–भौतिकवादी दृष्टिकोणले अध्ययन–अन्वेषण गर्न उनको योगदान रहेको छ।

वि.सं. ११९८१ असार १५ गते रामेछापको भङ्गेरीमा उनको जन्म भएको थियो। वि.सं. २००५ मा विश्व प्रसिद्ध कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवादमार्फत नेपालमा मार्क्सवादी विचारधाराको विधिवत् आरम्भ गरेका पुष्पलालले आफ्ना सहयोद्धासँग मिलेर विसं २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। श्रेष्ठले चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक नेकपा स्थापना गरेका थिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नेपालमा मार्क्सवादी विचार फैलाउने प्रथम व्यक्तित्व र जनवादी क्रान्तिको कार्यक्रम अघि सार्ने सिद्धान्तकारका रुपमा पुष्पलाललाई लिने गरिन्छ। पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो।

पुष्पलालको स्मृति दिवस अवसरमा नेकपा (एमाले) ले केन्द्रीय तहमा कामनपा वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरिएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओली लगायतका नेता, कार्यकर्ताले क।पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन्।

यसैगरी पुष्पलालको जन्मस्थान रामेछापमा एमाले रामेछापको भंगरीमा आयोजनामा पनि श्रद्धाञ्जलि तथा माल्यार्पण कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङसमेत सहभागी हुनेछन् ।

Loading...