


धनगढी– सशस्त्र प्रहरीले धनगढीबाट स्रोत नखुलेको रकम सहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको केन्द्रीय ब्युरो टोलीले दुई जनालाई पक्राउ गरेको हो ।



सशस्त्र प्रहरी बल नम्बर ३४ गण कैलालीका अनुसार शनिबार बिहान साढे ५ बजेको समयमा ब्युरो टोलीले सो रकम सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।


पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्ति टोलका १७ वर्षका विवेक चन्द र सोही ठाउँका १८ वर्षका सरोज धामी रहेका छन् । यस बारेमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिए ।





