

अत्तरिया, ६ साउन- कैलालीको अत्तरियामा उद्घोषण कला, नेतृत्व विकास तथा आधारभूत पत्रकारिता प्रशिक्षण कार्यक्रम समापन भएको छ । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविको सभाहलमा साउन २ गते देखि संचालन भएको ५ दिने उक्त तालिम शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।


उक्त समापन कार्यक्रम राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान केन्द्रिय समिति अत्तरिया कैलालीका अध्यक्ष लिलाधर बास्कोटाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका राज्यमन्त्री अमर बहादुर साउँद रहेका थिए ।



उक्त ५ दिने तालिमको आयोजकको रुपमा राष्ट्रिय लोक साँस्कृति प्रतिष्ठान केन्द्रिय समिति अत्तरिया कैलाली रहेको थियो । त्यस्तै व्यवस्थापका रुपमा दुर्गालक्ष्मी नमुना मावि अत्तरिया कैलाली रहेको थियो भने सहकार्यमा राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय अत्तरिया र बास्कोटा ट्रेड एण्ड सप्लायर्स अत्तरिया कैलाली रहेको थियो ।
यस्ताे भने आर्थिक मामिला राज्यमन्त्री अमर बहादुर साउँदले

