उमेर बढाएर ७ जनाले वृद्धभत्ता लिए

बैतडी– बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । जिल्लामा थप ७ जनाले जन्ममिति बढाएर वृद्धभत्ता लिने गरेको खुलेको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार दशरथचन्द नगरपालिकाका ७ जनाले नागरिकतामा आफैंले जन्ममिति बढाएर वृद्धभत्ता लिने गरेको खुल्न आएको हो ।

वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि अनुसन्धान गर्दा सामाजिक सुरक्षा भत्ताअन्र्तगत वृद्ध भत्ता लिने गरेको खुल्न आएको हो । यो सँगै बैतडीमा जन्ममिति बढाएर वृद्ध भत्ता लिनेको संख्या २२ पुगेको छ । जन्ममिति सच्याएर कोही २०५२ सालदेखि त कोही २०७६ सालदेखि भत्ता खाइरहेका खुल्न आएको जनाइएको छ ।

Navadurga sun

जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिनेहरूलाई सामाजिक सुरक्षा ऐन र नागरिकता ऐन अनुसार कारवाही हुने भारतीले बताए । नागरिकता केरमेट गरेको पाइएकोमा थप नागरिकता ऐनअन्र्तगत कारवाही हुन्छ । उनले भने – ‘सच्याएर भत्ता लिनेहरूले अहिलेसम्म लिएको रकमको दोब्बर जरिवाना तिर्नुका साथै नागरिकता ऐन अन्र्तगत कारवाही हुन्छ ।’

दुई जनामाथि असुल उपर

यसैबीच बैतडीमा उमेर बढाएर सामाजिक सुरक्षा भत्ता लिएका दुई जनाले भत्ता फिर्ता गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिकाका एकजना र मेलौली नगरपालिकाका एकजनाले सामाजिक सुरक्षा भत्ता फिर्ता गरेको हो । एकजनाबाट ८० र अर्कोबाट ८४ हजार भत्ता बुझेको दोब्बर रकम असुल गरिएको सूचना अधिकारी भारतीले बताए । एकजनाले भत्ता मात्रै फिर्ता गरेका छन् भने अर्का एकजनाले भत्तासहित नागरिकता ऐनअनुसारको जरिवाना तिरेर नागरिकताको प्रतिलिपि लिएका हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...