सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा निषेधाज्ञा जारी

अत्तरिया, १९ बैशाख- सुदूरपश्चिमका ६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । कैलाली हुँदैं कञ्चनपुर सहित पहाडी जिल्लाहरुमा पनि कोरोना संक्रमण बढ्न थालेपछि निषेधाज्ञा जारी भएको हो ।

बैतडी र बझांङमा सोमबारदेखि निषेधाज्ञा जारी भएको छ । यसअघि कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा निषेधाज्ञा जारी भएको थियो । दार्चुलामा आशिंक निषेधाज्ञा जारी भएको छ । सुदूरपश्चिम प्रदेशका बाजुरा, डोटी र अछाममा भने निषेधाज्ञा जारी गरिएको छैन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

बैतडीमा निषेधाज्ञा सोमबारदेखि सुरु हुने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बैतडीमा सोमाबार विहान ६ बजेबाट निषेधाज्ञा जारी भएको छ । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् । उता बझाङमा कोरोनाको संक्रमण दर बढ्दै गएपछि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिएको छ ।

शनिबारको जिल्ला कोभिड-१९ व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) को बैठकले एक हप्ताका लागि निषेधाज्ञा गर्ने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद सुवेदीले बताए । सोमबार दिउँसो १ बजेदेखि २६ गते राति १२ बजेसम्म पूणर् रुपमा जिल्लाभर निषेधाज्ञा गरिएको उनले बताए ।

कैलालीमा जारी निषेधाज्ञा बैशाख ३० गतेसम्मका लागि लम्बिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले निषेधाज्ञाको समय थप गरेको हो । पहिलो चरणमा बैशाख १६ गतेदेखि २२ गतेसम्म जारी गरिएको थियो । अब एक साता थप गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । कैलालीमा संक्रमणको दर निरन्तर उकालो लागेको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले संक्रमणको चेन ब्रेक गर्नको लागि कम्तीमा १५ दिन निषेधाज्ञा गर्नुपर्ने विशेषज्ञको सल्लाह अनुसार समय थप गर्न डीसीसीएमसीले निणर्य गरेको बताए ।

केन्द्रीय सरकारको मन्त्री परिषदले ५ सय बढी संक्रिय संक्रमित रहेको तराईको जिल्लामा निषेधाज्ञा गर्न निर्देशन दिएपछि थप गरेको प्रजिअ रिजालले जानकारी दिए । कैलालीमा १ हजार बढी संक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

Loading...