झापामा आगलागीबाट ६ घर नष्ट

झापा– झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्। स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरसमेत आगो सल्केको हो। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। टिनको छाना भएको घरमा लागेको आगो स्थानीय, नेपाल प्रहरी सशस्त्र प्रहरीले निभाएका थिए। रासस

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...