डोटीमा मदिरा सेवन गरे श्रमदान, ढुङ्गा बोकाएर झारिनेछ शान

डोटी– डोटीको केआई सिंह गाउँपालिकाको वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। वडाले मदिरा सेवन गर्नेलाई पन्ध्र दिन र बिक्री गर्नेलाई एक महिना ढुङ्गा वडा कार्यालयसम्म बोकाउने निर्णय गरेको हो। वडामा मदिरा बिक्री वितरण गर्ने व्यापारी तथा वडावासी सँगको छलफल पश्चात् फरक किसिमको कारबाही गर्ने निर्णय गरेको वडा अध्यक्ष दिल बहादुर बलायरले बताए ।

उनले भने ,जेठ १२ गते मदिरा वडामा बन्द गर्ने निर्णय गरेका हौँ । मदिरा जुवा तास बन्द गराउँदा गाउँ समाजमा झै झगडा, शान्ति हुने छ। उनले थपे ,अन्य कारबाहीले खासै समाधान नहुने हुँदा सार्वजनिक ठाउँमा ढुङ्गा बोकाउँदा लाजले पनि नगर्ला भनेर यस्तो निर्णय गर्न बाध्य भएका हौँ । यो निर्णय केही नियन्त्रण भएको छ। गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी होल्ड राख्नु पर्ने निर्णय समेत गरेका छौं ।

Navadurga sun

त्यस्तै आदर्श गाउँपालिकाले साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवन बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गणेश खड्काले बताए । उनले भने , हामीले ओसारपसार गर्नेलाई ४० हजार जरिवाना ,बिक्री वितरण गर्नेलाई तीस हजार गरेका छौँ । खानेलाई पहिलो पटक दुई हजार पाँच सय गरेका छौँ । दोस्रो पटक खानेलाई पाँच हजार गरेका छौँ ।

गाउँपालिकाको निर्णय उलङ्घन गर्नेलाई कानुन कारबाहिर समेत गरिनेछ । त्यस्तै उता सायल गाउँपालिकाले समेत मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी बताए । जिल्लाका अन्य केही स्थानीय तहहरूले समेत मदिरा बिक्री वितरण , ओसारपसार तथा सेवनमा रोक लगाउने अभियानमा रहेको पाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...