सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना




काठमाडौँ– हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । तापक्रम लगातार बढिरहेका बेला सोमबार बिहान काठमाडौंमा वर्षा भएको हो । जसकारण ‘हल्का राहत’ महसुस भएको छ । उपत्यकामा आइतबार अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको थियो ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गणडकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।



आज दिउँसो देशभर आंशिक बदली रहनेछ । पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर आंशिक बदली रहनेछ। पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको छ। तर, मनसुनको न्युन चापिय रेखा हाल पनि सरदर स्थानभन्दा दक्षिण तिर रहेकाले मनसुन सक्रिय हुन नसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिए । मंगलबार भने मनसुन केही सक्रिय भएर देशका विभिन्न क्षेत्रमा वर्षा हुनसक्ने उनको भनाइ छ ।