आजबाट बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइने

काठमाडौं– ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई सोमबारबाट कोरोना भाइरसविरुद्धको खोप दिइदैंछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार ९ देखि पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई ८ साउनसम्म दोस्रो मात्राको खोप दिन लागेको जनाएको हो।

Dadeldhura hospital

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ। बालबालिकाले नजिकैको विद्यालयमा गएर खोप लगाउन सक्नेछन्।

godawari10 Mahila hinsa
Navadurga sun

मन्त्रालयका अनुसार प्रदेश नं १ को झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशको सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरीमा खोप अभियान सञ्चालन हुँदैछ। यस्तै, बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर, गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्व रहेका छन्।

लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुरा रहेका छन्। बाँकी ५० जिल्लाका बालबालिकालाई भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने योजना छ।

Loading...