कैलालीको गोदावरी नगरपालिकाको १२ वटै वडाहरुमा फलफुलका विरुवाहरु वितरण

अत्तरिया, १ असार– कैलालीको गोदावरी नगरपालिकामा १२ हजार फलफुलका विरुवाहरु वितरण गरिएको छ । नेपाली कांग्रेसले नगरपालिकाको १२ वटै वडाहरुमा १ हजार वटा बोटका दरले १२ हजार विरुवाहरु वितरण गरेको हो ।

आईतबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नेपाली कांग्रेसका वडा नं. १ का वडासभापति शिवराज जोशीलाई विरुवा हस्तान्तरण गरेर वडामा विरुवा वितरण कार्यक्रमको शुभारम्भ गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कार्यक्रममा बोल्दै उनले स्थानिय तहको निर्वाचन भन्दा अगाडी नै घोषणा गरिएको कांग्रेसले पाएको भोट बराबर बोट वितरण गर्ने योजना अनुसार सबै वडाहरुमा फलफुलका विरुवाहरु वितरण गरिएको बताए । उनले नगरका सबै घरहरुमा एक/एक बोट वितरण गर्ने लक्ष्य रहेको बताए । यसअघि पनि नगरका शैक्षिक तथा धार्मिक क्षेत्रहरुमा विभिन्न प्रजातीका विरुवाहरु वितरण गरेको र अत्तरिया चोक देखी ६ लेन सडकको विचमा पनि बोट रोपिएको उनले बताए ।

उनले बोटविरुवाको वृक्षारोपणले नै मानिसलाई स्वस्थ राख्नमा मद्दत गर्ने उनले बताए । यसका साथै बोटविरुवाको वृक्षारोपणले नगरलाई हरियाली बनाउनमा सहयोग पुग्ने उनले बताए । ‘भोट बराबरको बोट’ अभियान अहिले कांग्रेसले सञ्चालन गरेपनि आगामी दिनहरुमा नगरलाई सुन्दर र हरियाली बनाउन उक्त अभियान नगरले सञ्चालन गर्ने उनले बताए । उनले उक्त अभियानमा सहयोग गर्ने कांग्रेसका क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकाया, गोदावरी नगरसभापति विर बहादुर चोखाल, कांग्रेसका युवा नेता लोक राज पाण्डेय (आगो) लगायतलाई धन्यवाद ज्ञापन गरे ।

त्यसैगरी नेपाली कांग्रेसका जिल्ला सदस्य प्रेम भट्टले स्थानिय तहको निर्वाचन अघि घोषणा गरेबमोजिम विभिन्न प्रजातीका विरुवाहरु वितरण गरिएको बताए । ‘मैले स्थानिय तहको निर्वाचमा गोदावरी नगरपालिकाको मेयरमा कांग्रेसले पाएको भोट बराबरका बोटहरु वितरण गर्ने घोषणा गरेको थिए’ उनले भने ‘सोही घोषणा बमोजिम कांग्रेसले मेयरमा पाएको १५ हजार ५ सय १ भोट बराबर बोटहरु वितरण गरिरहेको छु ।’

उनले केही दिन अघि मात्रै आफुले ३ हजार भन्दा बढी बोटहरु वितरण गरेको बताए । उनले नगरलाई ग्रिन नगरपालिकाका रुपमा चिनाउन उक्त अभियानले महत्वपुणर् भुमिका निर्वाह गर्ने बताए । उनका अनुसार आईतबार नगरको वडा नं. १, २, ४, ५, ६, ७, ८ र ९ नम्बर वडामा विरुवाहरु वितरण गरिएको हो ।

Loading...