टीकापुरमा बनेको नयाँ बसपार्क उद्घाटन गरेसँगै सञ्चालनमा

टीकापुर, १ साउन– टीकापुर बसपार्क सञ्चालनमा आएको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले आइतबार औपचारिक रुपमा बसर्पाकको उद्घाटन गरेसँगै बसपार्क सञ्चालनमा आएको हो ।

बसपार्कको उद्घाटन गर्दै नगर प्रमुख थारुले टीकापुरको विकासका लागि यो पनि एउटा आधार भएको बताउँदै यसलाई राम्रोसँग सञ्चालन गर्न सञ्चालन समितिलाई निर्देशन दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले बसपार्क सञ्चालनमा आएपछि बजार क्षेत्रमा भइरहेका अव्यवस्थित सवारी साधन पार्किङको समस्या समाधान भई यसले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् । बसपार्क भित्र वाईफाई र सिसी क्यामेरा जडानको काम बाँकी रहेको र यसलाई पनि नगरपालिकाले चाँडै सम्पन्न गर्ने प्रमुख थारुले बताए ।

बसपार्क सञ्चालनका लागि अमिक्षा कन्स्ट्रक्सनले ठेक्का पाएको छ । अमिक्षा कन्स्ट्रक्सन र टीकापुर नगरपालिका बिच नगरपालिकालाई ५५ लाख ३८ हजार २५५ रुपैयाँ दिने गरी ३ वर्षको लागि ठेक्का सम्झौता भएको छ । बसपार्क नेपाल सरकारको सघन सहरी विकास कार्यक्रम अन्र्तगत राजेन्द्र रोयल जेभि धनगढीले भ्याट वाहेका ८ करोड, ३३ लाखमा निर्माण गरेको हो ।

सञ्चालनमा आएको बसपार्क भित्र एक तले टर्मीनल भवन, त्यसमा टिकट काउन्टर, रेस्टुरेन्ट, महिला/पुरुष शौचालय बनेको छ भने लामो र छोटो दुरीका बस, माइक्रो बस, ट्याक्सी, अटो र इ रिक्सा, बाइक अलग-अलग स्थानमा पार्किङ, फायर हाइरेष्ट सिस्टम र खानेपानीको पनि व्यवस्था रहेको छ ।

बसपार्कमा बस, ट्रक, मिनी बस प्रवेश शुल्क ५० रुपैयाँ, विङगर, हाइस प्रवेश शुल्क ४० रुपैयाँ, अटो र ई रिक्सा प्रवेश शुल्क १५ रुपैयाँ तोकिएको छ । यस्तै बस, ट्रक, मिनी बस रात्रि बसाई शुल्क १५० रुपैयाँ र विङगर, हाइसको रात्रि बसाई शुल्क १२० रुपैयाँ तोकिएको अमिक्षा कन्स्ट्रक्सनले जनाएको छ ।

Loading...