३० हजार घुससहित मोहन्याल गाउँपालिकाका अधिकृत पक्राउ

कैलाली– कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुर कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए ।

घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन (घुस) मागेको सूचनाको आधारमा क्षेत्रीलाई पक्राउ गरिएको उनले बताए । क्षेत्रीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...