विद्यालयमा तालाबन्दी

हरिश चन्द
डडेल्धुरा १ साउन- डडेल्धुराको उग्रतारा माविमा प्रधानाध्यापको सरुवाको माग गर्दै स्थानियले विद्यालयमा तालावन्दी गरेका छन् । प्रधानाध्यापक चन्द्र बहादुर शाहुले विद्यालयमै लेखापाल टीका ऐर माथि कुटपिट गरेका कारण विद्यालयमा तालावन्दी गरेका हुन ।

Dadeldhura hospital

अमरगढी नगरपालिलका-७ को उग्रतारा माविमा लेखापाललाई कुटपिट पछि स्थानिय आक्रोसित भएर आईतबार बिहान बिद्यालय हाताभित्र प्रधानाध्यापकको कोठामा आफुहरुले ताला लगाएको स्थानिय शेर बहादुर भण्डारीको भनाई रहेको छ । स्थानियले विद्यालय जस्तो ठाँउमा हातपत गरेर निन्दनिय रहेको र विद्यालयको शैक्षिक गुणस्तमा सुधार गर्नु पर्ने र प्रध्यानाध्यापको शरुवाको माग गरेका छन ।

Navadurga sun
Godawari sandesh

कुटपिटबाट लेखापाल ऐर घाइते भएका छन । लेखापाल ऐरको खुट्टा, पिठ्युमा चोट लागेको स्थानिय जनाएको छ । कुटपिटको कारण भने लेखापाल ऐरले मदिरा सेवन गरी बिहीवार साँझ आफुलाई समेत गालीगलौच गर्नुका साथै आफ्नो चरित्र हत्या गरेको प्रध्यानाध्यपक चन्द्र बहादुर शाहुले वताए ।

प्रधानाध्यापक शाहुले लेखापालले विद्यालयको हिसाबकिताब दुरुस्त राख्न नसक्ने गरेको गुनासो आफुसंग समेत गरेको उनको भनाई छ । उग्रतारा माविमा तालावन्दीका कारण पढाई प्रभावित भएको छ ।

Loading...