वर्षाले साँफे–मार्तडी राजमार्ग एक सातादेखि अवरुद्ध

बाजुरा– बाजुराको मुख्य राजमार्ग साँफे–मार्तडी सडक खण्डअन्तर्गत पर्ने बडिमालिका नगरपालिका– १ अम्कोटमा वर्षाका कारण एक सातादेखि राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ।

सडकको तलबाट बुढीगंगा नदीले कटान गर्दै गएको छ भने भारी वर्षासँगै आएको पहिरोले सडक अवरुद्ध भएको छ। अम्कोटमा विगत ६ वर्षदेखि वर्षायाममा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ। पहिरोपछि सबैखाले सवारीसाधन बन्द हुँदा बाजुराको सदरमुकाम मार्तडी र उत्तर–पूर्वी भेगका स्थानीयलाई आवतजावत गर्न निकै कठिनाइ भएको छ। यातायात अवरुद्ध हुँदा खाद्य वस्तुको मूल्य झनै बढेको छ।

Navadurga sun

अम्कोटमा सडक अवरुद्ध हुँदा दुई–तीन दिनको पैदल यात्रापछि मात्र गाडी चढ्न पाइने स्थानीय झरिन्द्र ओली बताउँछन्। यद्यपि, पहिरो गए पनि दुईवटा एक्स्काभेटर २४ सै घन्टा तयारी अवस्थामा राखिएको सडक डिभिजन कार्यालय बाजुराका सुपरभाइजर वीरेन्द कुँवरले बताए।

यता, सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्ट साफेँ–मार्तडी सडक जिल्लाको मुख्य राजमार्ग भएकाले यसलाई नियमित सञ्चालनमा ल्याउनु राज्यको दायित्व भएको बताउँछन्।

उनका अनुसार सो सडकखण्ड नियमित सञ्चालन गर्ने सडक डिभिजन कार्यालयलाई पटकपटक आग्रह गर्दै आइएको छ। जिल्ला विपत् समन्वय समितिको बैठकले समेत सडक नियमित सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालयलाई पत्राचार गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...