सामूहिक बलात्कार आरोपमा सशस्त्र प्रहरीसहित ४ युवा पक्राउ

धनगढी- कञ्‍चनपुरमा सामूहिक बलात्कार आरोपमा चार युवा पक्राउ परेका छन्। शुक्रबार कञ्‍चनपुरको पुनर्वासमा सशस्त्र प्रहरी जवानसहित ४ युवा बलात्कार आरोपमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पुनर्वास ९ ख गाउँ बस्ने सुशील बिष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री र वीओपी बीचफाँटामा कार्यरत सशस्त्रका जवान यमप्रसाद जैशी रहेका छन्।

Navadurga sun

उनीहरूले यहीँ असार २३ गते राति एक २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप छ। पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। सुशील बिष्टले ती युवतीलाई विवाह गर्ने प्रलोभनमा पारेर उखुबारीमा बोलाएका थिए। त्यसपछि उनका अन्य साथीहरु पनि आएर बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बताएकी छन्।

सुशील र ती युवतीको प्रेम सम्बन्ध पनि रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए। आरोपितहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...