कोरोना संक्रमण उच्च बिन्दुमा, एकैदिन ५७६३ जनामा संक्रमण पुष्टि

काठमाडौं, १८ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

१४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा संक्रमण देदिएयता एकैदिनमा पहिचान भएका सबभन्दा धेरै संक्रिमित संख्यमा हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनमा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो भने दोस्रो लहरमा शुक्रबार ५ हजार ७२९ मा संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।

४३ हजार नाघ्यो संक्रिय संक्रमित
नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । उनीहरूमध्ये २ लाख ८२ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् ।

हाल ४३ हजार २१३ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ४० हजार १०३ जना हाम आइसोलेसनमा रहेका छन् भने ३ हजार ११० जना संस्थागत आइसोलेसनमा रहेका छन् । ४०१ जनाको आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएका छन् ।

Loading...