राइझुमाका स्रष्टाबाट शंखमूलमा राइझुमा लाउन्ज उद्‌घाटन

काठमाडौं– नयाँबानेश्वरस्थित शंखमुलमा राइझुमा लाउन्ज सञ्चालनमा आएको छ। बिहीबारबाट राइझुमा लाउन्ज सञ्चालनमा आएको हो। राइझुमा पश्चिम नेपालमा प्रयोग हुने शब्द हो।

राइझुमा बोलको चर्चित देउडा गीतसमेत रहेको छ। राइझुमाका श्रष्टा यज्ञराज उपाध्याय रहेका छन्। आयोजकले राइझुमा लाउन्जको उद्‍घाटन राइझुमाकै श्रष्टा उपाध्यायबाट गराएको छ।

Navadurga sun

‘राइझुमा निकै प्रिय गीत हो। यो देश विदेशमा नै निकै चर्चित छ। यो शब्द पनि निकै प्रिय छ। त्यसैले हामीले लञ्चको नाम राइझुवा राखेका हौं,’ राइझुमा लञ्चका सञ्चालक केशव चन्दले भने, ‘झनै यसको उद्घाटन राइझुमाकै श्रष्टाबाट गराउन पाउँदा हामी निकै खुशी छौं।’ उनले लाउन्जमा सातामा एक पटक सुदूरपश्चिमका साथै नेपाली संस्कृति झल्किने खालका सांगितिक प्रस्तुतिहरू प्रस्तुत गरिनेसमेत बताएका छन्।

खानामा पनि अर्गानीकतामा जोड दिने चन्दको भनाइ छ। उनले सेवामा कुनै सम्झौंता नहुने बताउँदै सबैको साथ पाउने बताए।

यस्तै राइझुमाका श्रष्टा एवं प्राज्ञ उपाध्यायले ४१ सालमा गायको गीत दिनहुँ तन्नेरी बन्दै जानु आफ्ना लागि निकै खुसीको कुरा भएको बताए। उनले आफ्नो चर्चित गीतका नामबाट लाउन्ज सञ्चालन गरेकोमा र त्यसको उद्‍घाटनका लागि आफूलाई सम्झेकोमा खुसी व्यक्त गरे। उनले गीत झैँ लाउन्जले पनि सबैको मन जित्दै जाने र त्यसका लागि शुभकामना समेत दिएका थिए।

यस्तै चैतन्य एकेडेमीका सिओ गणेश जोशीले आफ्नो धारणा राख्दै साइझुमा लाउन्जको सफलताको शुभकामना दिएका थिए। उनले साइझुमाले नाम जस्तै अर्गानीक सेवा पस्किने कुरामा ध्यान दिनेमा आफू विश्वस्त रहेको बताएका थिए। कार्यक्रममा चर्चित लोक देउडा गायीका गौरी भट्ट, पर्यटन व्यवासयी अमरबहादुर शाही, शिक्षा सेवी उदयप्रताप सिंहलगायतको सहभागीता रहेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...