सुदूरपश्चिम समावेशी विद्यालय अत्तरियालाई खाद्यान्न सहयोग

प्रकाशबहादुर बोहरा
अत्तरिया, ३१ आसर- सुदूरपश्चिमको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा अवस्थीत सुदूरपश्चिम समावेशी आधारभुत विद्यालय अत्तरियालाई शुक्रबार खाद्यान्न सहयोग गरिएको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समावेशी आधारभुत विद्यालयमा आवासिय रुपमा अध्ययनरत बालबालिकाहरुका लागि खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

खाद्यान्न अन्तर्गत ८ कट्टा चामल, १ पेटी तेल, १५ किलो दाल, १५ किलो नुन, फ्रटिहरु, विस्कुटहरु, विभिन्न मसलाहरु लगतयत ३३ हजार बरारबको सामान हस्तान्तरण गरिएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त कार्यक्रम ग्रामिण विकास लद्युवित्त वित्तीय संस्था लि.प्रदेश कार्यालय धनगढीका प्रदेश प्रवन्धक शैलेन्द्र राज जोशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिका वडा नं.२ का वडा अध्यक्ष यज्ञ बहादुर महरा रहेका थिए ।

Dadeldhura hospital

त्यस्तै विशिष्ठ अतिथीमा गोदावरी नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट रहेका थिए भने अतिथीमा मान बहादुर साउद रहेका थिए । उक्त कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका लगायत विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

अपाङ्गता अभियान्ता तथा फाउन्डेसनका परिकल्पनाकार मान बहादुर साउँदले यस ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले धनगढीबाट आएर यस समावेशी विद्यालयमा अनुगमन गरी यस्तो किसिमको सहयोग गर्नु भएकोमा धन्यवाद समेत व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेशको एक मात्र अपाङ्गता भएका विद्यार्थीहरुका लागि पढाई हुने विद्यालय हो । अपाङ्गता सवालमा लागि परेका अपाङ्गता अभियान्ता मान वहादुर साउदको टिमको अनवरत प्रयासबाट सुरुमा २०६७ सालमा ८ जना अपाङ्गता भएका विद्यार्थीहरुवाट सुरु गरेको यो विद्यालयमा वर्तमानमा ७२ जना अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

अहिले यस विद्यालयमा कक्षा ६ सम्म अध्यापन गराइरहेको उनले बताए । यस्तो किसिमको विद्यालय नेपाल अधिराज्य भरिको दोस्रो विद्यालय र सुदूरपश्चिम प्रदेशको पहिलो विद्यालय रहेको समेत साउँदले बताए ।

उक्त कार्यक्रमको संचालन ग्रामीण विकास लधुबित्त वित्तीय संस्था लिमिटेड प्रदेश कार्यालय धनगढीका अधिकृत लक्ष्मी प्रसाद पाैडेलले गरेका थिए ।

Loading...