कञ्चनपुर- जिल्लामा प्रहरीले भन्सार छली ल्याएको मल बरामद गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका १० स्थित दोधा पुलबाट प्रहरीले भन्सार छली ल्याएका ५० क्विन्टल (१०० बोरा) मल बरामद गरेको छ ।

बिहीबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्ल नेतृत्वको टोलीले भन्सार छली ल्याएको मल बरामद गरेको हो ।
भारतबाट ल्याएको मल कृष्णपुरतर्फ गइरहेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । दोदा पुलस्थित जाँच गर्ने क्रममा मलखाद बरामद गरिएको प्रहरी निरीक्षक मल्लले बताए।त्यस्तै , प्रहरीले से २ त २३७० नम्बरको ट्याक्टर समेत बरामद गरेको छ ।
एक लाख ५० हजार मूल्य बराबरको मल कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाएको प्रहरीले जनाएको छ ।