धनगढीका लागि उडिरहेको बुद्व एयरको जहाजभित्रै यात्रुले चुरोट तानेपछि…

काठमाडौं– काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा एक यात्रुले चुरोट तानेका छन्। बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा कैलालीको टीकापुर घर भएका नारायण उपाध्याय यात्रुले चुरोट तानेपछि हंगामा भएको छ ।

उडान नम्बर २५३ मार्फत सिट नम्बर ११ ए मा सवार उपाध्याय जहाजको शौचालय गएर चुरोट तान्दै सिटमा आएर बसेपछि जहाज भित्रै कोलाहल मच्चिएको थियो । जहाजमा चुरोटको धुँवा देखिएपछि यात्रुहरुले जहाजमा आगो लागेको आशंका गरेका थिए ।

Navadurga sun

त्यसपछि त्यहाँ एकछिन त्यहाँ तनाव सृजना भएको थियो। जहाज धनगढी विमानस्थलमा ल्यान्ड गरेपछि चुरोट तान्ने उपाध्यायलाई धनगढीस्थित विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...