कैलारीद्वारा विपन्नलाई निःशुल्क विद्युत मिटर वितरण

धनगढी, २९ असार– कैलालीको कैलारी गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क रुपमा विद्युत मिटर वितरण गरेको छ । गाउँपालिकाले १५४ परिवारलाई निःशुल्क रुपमा विद्युत मिटर उपलब्ध गराएको हो । बुधबार विहान एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले विद्युत मिटर हस्तान्तरण गरिएको थियो ।

सो क्रममा उनले गाउँपालिकामा धेरै विपन्न परिवारले विद्युत मिटर जडान गर्न नसकेको बताए । उनले भने, ‘एक वडामा कम्तीमा पनि १०/१२ विपन्न घर परिवारले विद्युत मिटर जडान गर्न नसकेको अनुमान गरेर हामीले सोही अनुसार मिटर माग गरेका थियौं ।’

Navadurga sun

विद्युत मिटर वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर, गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष दीपेन्द्र बम, वडा अध्यक्षहरु, सामाजिक विकास शाखा प्रमुख एवम् सूचना अधिकारी यगम कलेल, योजना शाखा प्रमुख सन्तोषकुमारी चौधरी सहित गाउँपालिकाको कर्मचारी लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाले निःशुल्क रुपमा विद्युत मिटर वितरणका लागि विपन्न परिवारबाट निवेदन माग गरेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...