अत्तरिया, २९ असार- कैलालीको अत्तरियामा बिभिन्न कार्यक्रम गर्दै नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती मनाइएको छ । भानुभक्त जयन्तीको अवसरमा प्रतिभा सामुदायिक पुस्तकालयले प्रभातफेरी र विविध साहित्यिक कार्यक्रम गरि मनाएको हो।
भानु जयन्तीको अवसरमा बिहान अत्तरिया बजारमा भानुभक्तको विभिन्न कृतिहरुका व्यानर सहित परिक्रम गरिएको थियो । त्यसपछि प्रतिभा समुदायी पुस्तकालयको हलमा विविध साहित्यिक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा बिभिन्न सहित्यकारले आफ्ना प्रस्तुती राखेका थिए ।
कार्यक्रममा भानुभक्त आचार्यको व्यक्तित्व तथा नेपाली साहित्यमा आचार्यले पुगाएको योगदानका बिषयमा विविध कविता, गीत तथा लेख, रचना समेत प्रस्तुत गरिएका थिए । पुस्तकालका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको कार्यक्रकी प्रमुख अतिथि पुर्व राज्यमन्त्री चुन कुमारी चौधरी रहेकी थिइन् ।
आचार्यले सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गर्ने गरिन्छ ।
उक्त कार्यक्रममा जनकल्याण बोडिङ स्कुलका प्रिन्सिपल तथा प्रतिभा सामुदायिक पुस्तकालयका उपाध्यक्ष योगन्द्र हमालले स्वागत मन्तव्य व्यक्त गरेकाे कार्यक्रमको संचालन प्रतिभा सामुदायिक पुस्तकालयका सचिव राज कडायतले गरेका थिए ।
