कञ्चनपुर जिल्लामा खोप पूर्णरूपमा सुनिश्चित

कञ्चनपुर– कञ्चनपुर जिल्लालाई मंगलबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले एक समारोहबीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन्। घोषणा कार्यक्रममा उनले सबै बालबालिकालाई खोपको सुनिश्चितता गरिएको बताए। स्वास्थ्यमा सबैको पहुँच अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाइएको उनको भनाइ थियो।

सहरदेखि ग्रामीण क्षेत्रसम्मका सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुर्‍याउनका लागि स्वास्थ्य संस्थाको स्तरोन्नतिदेखि भौतिक पूर्वाधार निर्माण, आवश्यक औजार, उपकरण र औषधिको पहुँच सुनिश्चित गरिएको पनि उनले बताए। जिल्लामा रहेका अस्पतालको स्तर वृद्धिमा समेत जोड दिइएको दावी पनि उनको थियो।

Navadurga sun

कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गत वर्षदेखि नै जिल्लालाई पूर्णखोप सुनिश्चितताका लागि कार्य अगाडि बढाइए पनि कोरोनाको बढ्दो सङ्क्रमणका कारण घोषणा कार्यक्रम हुन नसकेको बताए।

बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकाङ्क पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उहाँले बताए । ‘जिल्लाका सबै अर्थात नौ पालिकामा रहेका बालबालिकाले पूर्ण खोप पाएका छन्’, उनले भने। , ‘सबै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका छौँ ।’

कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले १६ महिनादेखि माथि २३ महिनाभित्रका आठ हजार बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...