श्रीलंकाका राष्ट्रपति भागेर पुगे माल्दिभ्स

काठमाडौँ– श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्। कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गए राति सैन्य विमान चढेर मुलुक छोडेका हुन्।

बीबीसीका अनुसार उनी देश छोडेर माल्दिभ्स पुगेका छन्। ७३ वर्षीय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन्। सोमबार त्यहाँका सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुंगाले जुलाई २० मा नयाँ राष्ट्रपति चुनिने जानकारी दिएका थिए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...