Satyawati
Division ban Pahalmanpur

अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौँ– मतदाता नामावलीमा नाम दर्ता नगराएका नेपाली नागरिकले अब अनलाइन प्रविधिबाटै मतदाता नामावली दर्ता गराउन सक्ने भएका छन् । फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै निर्वाचन आयोगले आजदेखि अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सक्ने जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले वेवमा आधारित मतदाता नामावली दर्ता गर्ने प्रणालीको विकास गरेर नमुनाको रुपमा काठमाडौं, भक्तपुर र ललितपुरबाट सुरु गर्ने जनाएको छ ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगराएका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट https://election.gov.np/np मा गई व्यक्तिगत विवरण भरी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गई अनलाइनबाटै पेश गर्न सकिने छ ।

सो पश्चात् अनलाइन फाराममा उल्लिखित सङ्केत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्ने आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले यस अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्नुरगराउनु हुन पनि अनुरोध गरेको छ ।

Malpot office dadeldhura
2
4
0
Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...