कैलालीमा ३५ ग्राम लागु औषध सहित ३ जना पक्राउ

धनगढी, २८ असार– कैलालीमा ३५ ग्राम लागु औषध (खैरो हेरोईन) सहित ३ जना पक्राउ परेका छन् । कैलाली गौरीगंगा नगरपालिका वडा नं.९ शान्तिपुर बस्ने मेघराज पौडेलको घर खान तलासी गर्दा घर भित्र राखेको ३५ ग्राम लागु औषध सहित ३ जना पक्राउ परेका हुन् ।

Dadeldhura hospital

सोमबार दिउँसो १ः२० बजेको समयमा तालुक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, यस जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिगएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा मेघराज पौडेलको घरबाट तिनिहरुलाई पक्राउ परेको थियो ।

Navadurga sun
Godawari sandesh

प्रहरीका अनुसार लागुऔषध सहित पक्राउ पर्नेमा घोडाघोडी नगरपालीका वडा नं. २ का २८ बर्षिय हिक्मत बहादुर बम, गौरीगंगा ९ शान्तिपुरका २७ बर्षिय ईश्वर पौडेल र जोशिपुर गाउँपालीका वडा नं. ७ सिमरीका २७ बर्षिय राम बहादुर सिराडी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको जनाइएको छ ।

Loading...