बाल यौन दुरुपयोगको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं– मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलान बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका छन् ।मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले वडाध्यक्ष घलानलाई पक्राउ गरेको जानकारी दिए । शुक्रबार जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन हेटौंडा आएका कैलाश गाउँपालिकाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि वडाध्यक्ष घलानले १८ असार बाल यौन दुरुपयोग गरेको आरोप छ । पीडित विद्यार्थीको तर्फबाट शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...