पहिलो ब्रह्माण्डको रंगिन तस्बिर सार्वजनिक

काठमाडौं– पहिलो ब्रह्माण्डको रंगिन तस्बिर सार्वजनिक भएको छ । सोमबार नासाको जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिलो तस्विर सार्वजनिक भएको हो । यो तस्बिरलाई ब्रह्माण्डको अहिलेसम्मको सबैभन्दा गहिरो, सबैभन्दा विस्तृत इन्फ्रारेड दृश्य मानिएको छ ।जसमा आकाशगंगाहरूबाट आएको प्रकाशले हामीसम्म पुग्न अरबौं वर्ष लगाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा ब्रिफिङ्गका क्रममा तस्बिर देखाइएको थियो । ‘यी तस्बिरहरूले संसारलाई अमेरिकाले ठूला कामहरू गर्न सक्छ भनेर सम्झाउने छ, र अमेरिकी जनतालाई (विशेष गरी हाम्रा बच्चाहरूलाई) हाम्रो क्षमता भन्दा बाहिर केहि छैन भनेर सम्झाउने छ,’ राष्ट्रपति बाडेनले टिप्पणी भने। जेम्स वेबका थप डेब्यु तस्विरहरू नासाले मंगलबार विश्वव्यापी प्रस्तुतिमा सार्वजनिक गर्ने छन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...