ओडारबाट प्रहरीले एकनाले भरुवा बन्दुक बरामद

डोटी- डोटीको शिखर नगरपालिका–५ रुडीगाडस्थित खोला किनार नजिकैको ओडारबाट प्रहरीले एकनाले भरुवा बन्दुक बरामद गरेको छ।

सोमबार साँझ प्रहरी चौकी तलकोट, डोटीबाट खटिएको प्रहरी टोलीले ओडारमा लुकाइछिपाइ राखिएको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो।

Navadurga sun

प्रहरीका अनुसार बन्दुक बेवारिसे अवस्थामा फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...