कैलालीको अत्तरियामा संसदिय पद्धतिमा आधारित बहस कार्यक्रम ‘गोदावरी बहस’ सम्पन्न

अत्तरिया, २७ असार– कैलालीको अत्तरियामा संसदिय पद्धतिमा आधारित बहस कार्यक्रम ‘गोदावरी बहस’ सम्पन्न भएको छ।अत्तरियामा रहेको एभरेष्ट एकेडेमी र यार्डले संसदिय पद्धतिमा आधारित बहस कार्यक्रमको आयोजना गरेको हो ।

सोमबार अत्तरिया स्थीत नमस्ते पार्टी ल्यालेसको हलमा करिब ३०० जना विद्यार्थीहरुको उपस्थिति तथा ८ जना विद्यार्थीहरुको सहभागीता उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरुले संसदिय पद्धतिमा आधारित बहसको अभ्यास गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सरकारले निजी तथा सरकारी विद्यालयमा गर्दै आएको व्यवहारका बारेमा सरकार पक्ष तथा प्रतिपक्षको भुमीकामा बसी उनीहरुले बहस गरेका हुन् । सरकार पक्षले सरकारले निजी तथा सरकारी विधालयमा कुनैपनी किसीमको विभेद नगरेको जिकिर गरेका थिए भने प्रतिपक्षको भुमीकामा रहेका विद्यार्थीहरुले त्यसको खण्डन गर्दै सरकारले निजी तथा सरकारी विद्यालयमा थुप्रै किसीमका विभेद गर्दै आएको बताएका थिए ।

सरकारका पक्षबाट प्रधानमन्त्री, उपप्रधानमन्त्री, सचेतक र सदस्य को भुमीकामा चार जना विद्यार्थी रहेका थिए भने प्रतिपक्षको भुमीकामा पनी प्रमुख नेता, उपनेता, सचेतक र सदस्य गरी चार जना विद्यर्थीको सहभागी जनाएका थिए । कार्यक्रममा गादावरी ८ मा रहेको समैजी मा वी, ३ मा रहेको खप्तड एकेडेमी, कञ्चनपुरको बेलौरीको विद्यालयका विद्यार्थीको समेत उपस्थीती रहेको थियो ।

त्यसैगरी गोदावरी नगरपालीकाका शिक्षा शाखा अधिकृत पर्यागराज जोशी, प्राविधीक सहायक विष्णुराज अवस्थी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगविर थापा, गोदावरी नगर अध्यक्ष श्याम खत्री, प्लानेट भिटीका सँस्थापक तथा संचालक पुष्कर शर्मा जोशी लगायत क्षेत्रमा आवद्ध थुप्रै व्यत्तिको सहभागीता रहेको थियो ।

एभरेष्ट एकेडेमीका प्रिन्सीपल स्माइल बन्सीले विद्यार्थीको अतिरित्त क्षमता वृद्धी गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको बताएका छन् । उक्त कार्यक्रममा प्राविधीक समुन्वय गोदावरी नगरपालीकाले गरेको थियो ।

Loading...