वहुक्षेत्रीय पोषण योजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम धनगढीमा सम्पन्न

धनगढी, २६ असार– वहुक्षेत्रीय पोषण योजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा भएको कार्यक्रममा स्थानीयत तहका जनप्रतिनिधि, नागरिक समाज र विभिन्न संघ संस्थाहरुको प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको हो ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले जनतामा पोषणका बारेमा चासो नै नरहने गरेको बताए । ‘निर्वाचनको वेला विभिन्न ठाउँमा जाने क्रममा सडक, भवन चाहियो भन्नेहरु धेरै भेटिए’, उनले भने । ‘तर, पोषणका बारेमा कसैलाई चासो छैन् । माग पनि कतै बाट आउँदैन् ।’ जनतबाट माग नै नभएर आएमा योजनामा नपर्ने गरेको उनले उल्लेख गरे। ‘नागरिकहरु स्वस्थ हुन सकेमात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’, उनले भने । ‘स्वास्थ्यमा लगानी आवश्यक छ ।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका कार्यालय प्रमुख लालबहादुर धामीले पोषण र यसको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । धामीले पोषणका कमीले गर्दा नै सुदूरपश्चिममा ३६ प्रतिशतमा पुड्कोपन देखिने गरेको बताए । उनले २०३० सम्म नेपालमा पुड्कोपन १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको बताए ।

त्यस्तै सुदूरपश्चिममा ख्याउटेपना अहिले १४ प्रतिशत रहेको छ । ख्याउटेपना २०३० सम्म ४ प्रतिशतमा झार्ने लक्ष्य रहेको कार्यालय प्रमुख धामीले कार्यपत्रमा उल्लेख गरेका छन । सुदूरपश्चिममा रक्तअल्पता पनि डर लाग्दो अवस्थामा रहेको छ । ३९ प्रतिशतमा रक्तअल्पता हुने गरेको जनाएको छ । कार्यालय प्रमुख धामीले प्रस्तुत गरेको कार्यपत्रमा स्वस्थ शिशु जन्मिने समयमा २ हजार पाँच सय ग्राम हुनुपर्ने उल्लेख गरेको छ ।

त्यस्तै कार्यक्रममा युनिसेफका पोषण अधिकृत प्रकाशचन्द्र जोशीले बहुक्षेत्रीय पोषण योजनाका बारेमा कार्यपत्र प्रस्तुत गदैँ कुपोषणमा सुधार नभए सम्म बाल मृत्युदर कमी आउन नसक्ने बताए । उनले स्थानीय सरकारले पोषणमा लगानी लगाउन जोड दिए । धेरै जस्तो स्थानीय तहमा पोषणमा छुट्याएको बजेट समेत खर्च नहुने गरेको जोशीले प्रस्तुत गरेको कार्यक्रमा उल्लेख गरेका छन् ।

Loading...