कैलालीको गोदावरी नदी किनारामा बालकको शव फेला

धनगढी– कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ। गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...