लेखक संगीत स्रोतामाथि यौन दुर्व्यवहार आरोप

काठमाडौं-लेखक संगीत स्रोतामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। लेखक सरिता तिवारीले अर्का लेखक स्रोतामाथि शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै आफूमाथि दुर्व्यवहार भएको विवरण सार्वजनिक गरेकी हुन्। तिवारीले २०७२ सालमा आफ्नो कविता संग्रह सम्पादनका लागि संगीतको कीर्तिपुरस्थित डेरामा गएका बखत दुर्व्यवहार गरेको दाबी गरेकी छन्।

Dadeldhura hospital

दुर्व्यवहार भएपछि आफू यतिन्जेल तनावमा रहेका कारण घटना सार्वजनिक गर्न नसकेको पनि उनको भनाइ छ। यो विषयमा केही समयअघि तिवारीले संगीत आबद्ध ‘प्रतिरोध आन्दोलन’ तथा ‘राजनीतिक संवाद थालनी’ मा पनि उजुरी दिएकी थिइन्।

Navadurga sun
Godawari sandesh

आरोपित संगीतले भने आफूमाथि लागेको आरोप प्रतिशोधपूर्ण भएको दाबी गरेका छन्। २०७२ मा घटना भएको भनिए पनि त्यसपछि पनि आफूहरूले सार्वजनिक साहित्यिक कार्यक्रमहरूमा सद्भावपूर्ण ढंगले सहकार्य गरेको, निरन्तर संवादमा रहेको तर मार्क्सको यौन चरित्रबारे तिवारीले लेखेको आलेखको पक्षमा आफू बोल्न नमानेपछि प्रतिशोधपूर्ण ढंगले बदनाम गर्न खोजिएको प्रस्टीकरण दिएका छन्।

संगीतकी श्रीमती बन्दना ढकाल पनि आरोपको प्रतिवादमा उत्रिएकी छन् । घटना भएको भए त्यसको पीडित आफू पनि हुने भन्दै उनले यति ठूलो दुर्व्यवहार आफ्नै कोठामा भएको विषयमा पटक पटक भेट हुँदा पनि तिवारीले जानकारी नदिएको तर प्रतिशोध साध्न अहिले आरोप लगाएको दाबी उनले फेसबुकमार्फत गरेकी छन्।

Loading...