आबेको अन्त्येष्टि मंगलबार गरिने

टोकियो– जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर शनिबार उनको गृहनगर टोकियो ल्याइपु¥याइएको छ। जापानको पश्चिमी सहर नारामा भएको निर्वाचन अभियानलाई सम्बोधनका क्रममा उहाँमाथि गोली हानी हत्या गरिएको थियो। गोली लागि घाइते भएका आबेलाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पु¥याइएको थियो। स्थानीय समयअनुसार शुक्रबार साँझ ५ः०३ बजे उनको मृत्यु भएको घोषणा गरिएको थियो।

आबेको पार्थिव शरीर लिएर सिन्जोकी पत्नी अकी आबे टोकियो आएको अमेरिकी टेलिभिजन सीएनएनले आबेको कार्यालयलाई उद्धृत गर्दै जानकारी गराएको छ। एनएचके वल्र्डका अनुसार, आबेको पार्थिव शरीर बोकेको गाडी स्थानीय समयअनुसार शनिबार १ः३० बजे टोकियोको शिबुया जिल्लास्थित आबेको घरमा आइपुगेको हो।

Navadurga sun

जापानका प्रधानमन्त्री फुमिओ किशिदा पनि पूर्वप्रधानमन्त्रीको पार्थिव शरीर रहेको घरमा पुगी श्रद्धासुमन अर्पण गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राति दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै रात्रि जागरण र प्रार्थना गरिनेछ भने अन्त्येष्टि मंगलबार गरिनेछ।

यसैबीच प्रहरीले पश्चिमी जापानको नारा सिटी निवासी ४१ वर्षीय तेत्सुया यामागामीलाई आबेको हत्याको प्रयास गरेको आशंकामा पक्राउ गरी सोधपुछ जारी राखेको छ। यसैबीच विश्व नेताहरूले आबे परिवारप्रति सहानुभूति प्रकट गरेका छन्। साथै, उहाँहरूले हत्याको निन्दा र पूर्वप्रधानमन्त्री आबेसँगको सहकार्यको स्मरण गर्दै दिवंगत नेताप्रति श्रद्धसुमन अर्पण गरेका छन्। प्रधानमन्त्री फुमिओले शुक्रबार नै राष्ट्रका नाममा सम्बोधन गर्दै ‘यो अक्षम्य कार्य हो’ र जापानी अधिकारीहरूले ‘यस परिस्थितिलाई सम्हाल्न उचित कदम चाल्नेछन्,’ भनेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...