अत्तरिया, २५ असार– कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा न. २ स्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा शनिबार अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
गौरी भण्डारीको अध्यक्षतामा ६ समिति गठन भएको छ समितिका सदस्यहरुमा देवेन्द्र प्रसाद कडेल, काले रोकाया, जोया माझी, शिक्षक प्रतिनिधि कुश्मा जोशी, चन्दादाताबाट मनोनित सदस्य डा.लक्ष्मीराज पाठक र सदस्य सचिवमा देवी साउद चयन गरिएको थियो ।
सुदूरपश्चिम प्रदेशको एक मात्र अपाङ्गता भएका विद्यार्थीहरुका लागि पढाई हुने विद्यालय हो । अपाङ्गता सवालमा लागि परेका अपाङ्गता अभियान्ता मान वहादुर साउदको टिमको अनवरत प्रयासबाट सुरुमा ८ जना अपाङ्गता भएका विद्यार्थीहरुवाट सुरु गरेको यो विद्यालयमा वर्तमानमा ८२ जना अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
