बूढीगङ्गामा एमालेकाे अग्रता कायमै

बाजुराको बूढीगङ्गामा प्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । बूढीगङ्गा नगरपालिकाको वडा नम्बर १, २, ९ र १० को मतगणना हुँदा दुई पदमा एमालेको अग्रता रहेको छ ।

Bhancha ghar0

पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँको एक हजार ७३२ र कांग्रेसका रङ्गबहादुर खातीको एक हजार ६७ मत छ । त्यसैगरी उपप्रमुखमा पनि एमालेकी माया कुँवरको एक हजार ६८७ र कांग्रेसकी रीता शाहीको एक हजार ३० मत रहेको छ ।

बूढीगङ्गाको १, २, ९ र १० नं वडाको मत गणना सकिएको छ । यी चारवटै वडाको वडा अध्यक्ष पदमा एमाले विजयी भएको छ । वडा नं १ रणबहादुर थापा वडा नं १० मा दलबहादुर साउँद वडा नं २ मा पदम भण्डारी र वडा नं ९ को वडा अध्यक्षमा मीनबहादुर सिह एमालेबाट विजयी भएका छन् ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.