सेनाद्वारा विद्यालयमा रङ्गरोगन तथा सरसफाइ

डोटी जिल्लामा तैनाथ रहेका नेपाली सेनाले पछिल्लो सयम विभिन्न सामाजिक क्षेत्रका कार्यहरुमा सहयोग गर्दै आएको छ । यसै सिलसिलामा आज नेपाली सेनाको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुर मातहत रहेको एक युनिट द्वारा यहाँको केआईसिंह गाउँपालिका–७ मा रहेको कलारै आधारभुत विद्यालयमा आफ्नै खर्चमा रङ्गरोगन तथा सरसफाइ गरिएको छ ।

Dadeldhura hospital

त्यस विद्यालयमा लामो समयदेखि रङरोगन तथा सरसफाइ नहुँदा विद्यार्थीहरुको पढाइमा समेत असर पर्न थालेको भन्दै सेनाको टोलीले विद्यालय भवनमा आफ्नै खर्चद्वारा रङरोगन तथा सरसफाइ गरेको केआईसिंह गाउँपालिका–७ का स्थानीयवासी गगनबहादुर बलायरले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

उनका अनुसार नेपाली सेनाको टोलीलले विद्यालयमा रङ्गरोगन तथा सरसफाइ गरेपछि अहिले उक्त विद्यालय आकर्षक देखिएको छ ।सेनाले आफ्नै खर्चमा विद्यालय भवनमा रङ्गरोगन तथा सरसफाइ गरेपछि अहिले त्यहाँका अभिभावकहरु पनि नेपाली सेनाप्रति निकै खुशी भएका छन् ।

Loading...