‘भोट बराबरको बोट रोप्ने’ अभियान गोदावरीमा सुरु

अत्तरिया, २५ असार- कैलालीको गोदावरी नगरपालिकामा ‘भोट बराबरको बोट रोप्ने’ अभियानको शुभारम्भ गरिएको छ । शनिबार गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उक्त अभियानको शुभारम्भ गरेका हुन ।

गोदावरी नगरपालिकाका मेयरमा नेपाली कांग्रेसले पाएको भोट अनुसारको बोट रोक्न गरिएको पुर्व घोषित अभियान अन्तरगत आजदेखि अभियान सुरु गरिएको जनाइएको छ । अभियान अन्तरगत आज (शनिबार) अत्तरियामा रहेको दुर्गा मन्दिर र जानकी मन्दिरमा वृक्षारोपण गरिएको छ ।

उक्त अभियानको नेपाली कांग्रेसका जिल्ला सदस्य प्रेम भट्टले स्थानीय निर्वाचन अगाडी घोषणा गरेको थिए । सोही बमोजिम अभियान सुरु गरिएको उनले बताएका छन । उनले अभियान अन्तरगत प्रत्येक घरमा १/१ विरुवा निःशुल्क वितरण गरिने बताए ।

स्थानीय चुनाव अगाडी मेयरमा नेपाली कांग्रेसले पाएको भोट अनुसार बोट लगाउने घोषणा गरेको थिए । सोही अनुसार नेपाली कांग्रेसले पाएको १५ हजार ५३० भोट अनुसारको बोट लगाउने कामको शनिबारबाट शुभारम्भ भएको उनले बताए । त्यही अनुरुप आज (शनिबार) उक्त कार्यक्रम अन्तरगत हामीहरुले धार्मीक क्षेत्रमा बिभिन्न धार्मीक विरुवा रोएिको बताए ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.